खोटाङको भानुमतीमा खुट्टेश्वर महादेव

खोटाङ 

भानुमतीमा खुट्टेश्वर महादेव उत्पन्न भएर बसेको किंवदन्ती छ । सत्य यूगमा दक्ष प्रजापतीले सत्यदेवी दक्ष प्रजापतीकी जेठी छोरी हुन्छिन् । ३३ कोटी देवतालाई सवै छोरीको कन्यादान गर्छन्, तर छोरा नभएका दक्ष प्रजापतिले जेठी छोरी सत्यदेवी लाई घरको रेखदेख गर्न राख्छन् । सोही बखत सत्यदेवीलाई श्रीमहादेव विहे गर्न भनि कन्यादान माग्न आउँछन् ।


सत्यदेवी घरको छोरोको रुपमा राखेको भनेर दक्ष प्रजापतीले श्रीमहादेवलाई कन्यादान गर्दैनन् उल्टै महादेवलाई गलहत्याएर घरबाट निकाल्छन् । त्यसपछि विष्णु भगवानले आफुलाई कन्यादान गर्न भनि दक्ष प्रजापतीसंग सत्यदेवीलाई मागी छल गरेर श्रीमहादेवसंग विहे गराई दिन्छन् ।


दक्ष प्रजापतीले सत्यदेवीलाई श्रीमहादेवले विहे गरेको थाहा पाएपछि आफ्नो घरमा ३३ कोटी देवतासंगै सारा देवतालाई आफ्नो महायज्ञमा निम्तो गरेको तर श्रीमहादेवलाई भाङ, धतुरो खाने, बागको छाला ओड्न, खरानी घस्ने, साँडे गोरुमा चडेर हिड्ने बहुलाजस्तो भनेर जेठी छोरी सत्य देवी र ज्वाई श्रीमहादेवलाई निम्तो गर्दैनन् ।


आफ्ना पिता दक्ष प्रजापतीले महायज्ञ गरेको सत्यदेवीले थाहा पाएपछि आफ्नो माईती घरमा आएर उनले दक्षप्रजापतीले आयोजना गरेको महायज्ञको अग्नीकुण्डमा हाम फालेर आत्मा हत्या गर्छिन् । त्यसपछि श्रीमहादेव पागल भई सत्यदेवीको मृत शरिरलाई काँधमा हाली संसार घुम्छन् । त्यसपछि सत्यदेविको एक पछि अर्को गर्दै शरिरका सम्पूर्ण अंगहरु पतन हुँनेक्रममा भानुमतीमा सत्यदेवीको वाँया खुट्टा पतन हुन्छ । जहाँ –जहाँ सत्यदेवीका अंगहरु पतन भएका छन् ।


त्यहाँ श्रीमहादेव उत्पन्न भएको हामीले श्रीस्वस्थानी ब्रत कथाको पूस्तकमा पढ्न पाउँछौं । भानुमतीमा सत्यदेवीको देव्रे खुट्टा पतन भएपछि त्यहाँ खुट्टेश्वर महादेव उत्पन्न भएको स्वस्थानीको पूस्तकमा उल्लेख छ ।


भानुमतीमा हरेक वर्षको पौष अन्तिम देखि माघ १ गतेसम्म मकर नुहाउँने चलन रहेको छ । दाह संस्कार गर्ने घाट भानुमतीमा आफ्ना दिगंवत पितृहरुको सम्झनामा रुद्री पाठ लगाउनुका साथै दैनिक पूजाआजा लगाउँने गरिएको छ ।


भानुमती धामलाई भारतको प्रसिद्ध तीर्थस्थल काशी, गया जत्तिकै पवित्र तीर्थस्थल मानिएकोछ । तरपनी प्रचार प्रसार पर्याप्त नभएकोले ओझेलमा परेको स्थानियको भनाईछ ।


जन्ेढुङगा गाउपालीकामा अवस्थित भानुमतीलाई पर्यटन प्रबर्धन गर्न र प्रचार प्रसार गर्ने  गाउपालीकाले ५० हजार बिनियोजन गरेको गाउपालीका प्रमुख शंकरबहादुृर राईले वताए । उक्त स्थानममा पर्यटनको प्रचुर सम्भावना रहेकाले गाउपालीकाले सक्दो सहयोग गर्ने पनि बताए ।

फोटोः सामाजिक संजालवाट 

प्रतिकृया दिनुहोस

खोटाङको भानुमतीमा खुट्टेश्वर महादेव

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

खोटाङको भानुमतीमा खुट्टेश्वर महादेव

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

खोटाङको भानुमतीमा खुट्टेश्वर महादेव

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र