मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घ प्रदेश १ समिति गठन 


इडेन एकेडमी कन्सल्टेन्सीका धरानका सञ्चालन मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घ प्रदेश १ समिति गठन भएकोछ ।  
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई परामर्श दिने पुर्वका शैक्षिक संस्था सञ्चालकहरूको भेलाले तिगेलालाई अध्यक्षमा चयन गरेको हो ।


इटहरीमा सोमबार भएको भेलाले सङ्घको उपाध्यक्ष–दिवाकरलाल चौधरी, सचिव–टीका ढकाल र कोषाध्यक्ष निरज पौडेल चयन भएकाछन् । सदस्यहरू सन्तोष कुरुम्बाङ, गम्भीर भगत, बेन्जु ताम्राकार, टीकाराम न्यौपाने, सुवास लुइँटेल, विशाल खुलाल र प्रकाश कार्की चयन  भएको वताइएकोछ ।
पूर्वमा रहेर शैक्षिक परामर्श दिने ६० भन्दा बढी कन्सल्टेन्सी सञ्चालकहरू सहभागी भएको भेलामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घका केन्द्रीय संयोजक सन्तोष प्याकुरेल, वरिष्ठ सल्लाहकार सरोज बस्नेत र दिराज शर्मा शिवाकोटीको समेत उपस्थिति थियो ।
प्रदेश अध्यक्षमा चयन भएपछि तिगेलाले पूर्वमा रहेका कन्सल्टेन्सीहरूलाई सशक्तिकरण गर्दै तालिम दिई क्षमता अभिवृद्घि गरिने बताए । उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सक्षम बनाउँदै लैजाने काममा परामर्शदाताहरूको भूमिका लाई जिम्मेवार बनाउने कार्यमा सङ्घको भूमिका महत्वपूर्ण रहने भएकाले त्यसका लागि सबै कन्सल्टेन्सीहरूलाई सङ्घमा आबद्ध गराउने बताए ।
वैदेशिक शिक्षाका लागि परामर्शदाता संस्थाहरूको सङ्ख्या पूर्वमा २ सय हाराहारीमा रहेको सङ्घले जनाएको छ ।।
 

प्रतिकृया दिनुहोस

मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घ प्रदेश १ समिति गठन 

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घ प्रदेश १ समिति गठन 

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घ प्रदेश १ समिति गठन 

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र