जन्तेढुङ्गा बन्ला त झिलिमिली ?

खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा बिजुली र सञ्चारको विकास हुन सकेको छैन । स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा गाउँपालिकाले प्रत्येक वडा कार्यालयसम्म पुग्ने मोटरबाटो बनाइसकेको छ । तर सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि अधिकांश ठाउँमा विद्युत् र टेलिफोनको सुविधा भने अझै छैन । 


गाउँपालिकाका अध्यक्ष शङ्कर राईले आगामी ३ महिनाभित्रमा गाउँपालिका कार्यालय रहेको स्थान चिसापानीमा केन्द्रीय प्रशारणको बिजुली बालिसक्ने बताएउनुभएको छ । गाउँपालिका उपाध्यक्ष विमला राईले विकासको हरेक गतिविधिलाई यिनै विद्युत् र सञ्चारले अवरोध गरेको बताइन् । त्यस्तै प्रत्येक वडामा टेलिफोन सञ्चालन गर्ने गरी रिपिटर टावर राख्न नेपाल टेलिकमसमक्ष माग गरिएको जनाइएको छ । 


स्थानीय तहले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने जरुरी रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय तह लागू भएको लामो समय बितिसक्दा पनि विद्युत् र टेलिफोन विस्तारमा जनप्रतिनिधिले चासो नदिएको उनीहरुको आरोप छ ।
रासस

प्रतिकृया दिनुहोस

जन्तेढुङ्गा बन्ला त झिलिमिली ?

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

जन्तेढुङ्गा बन्ला त झिलिमिली ?

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

जन्तेढुङ्गा बन्ला त झिलिमिली ?

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र