प्रदिप चौंलागाई कप्तानिको आयोजक टिम ए फाईनलमा


इटहरी 


दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिबी कलेजलाइ २(१ ले हराउदै आयोजक कप्तान प्रदिप चौंलागाईको टिम (ए) फाइनलमा प्रबेश गरेको छ । खेलको अग्रता भने सीबिले नै लिएको थियो । निकै नै प्रतिस्पर्धात्मक खेलमा आयोजकका तर्फबाट कप्तान प्रदिप चौलागाई र कृष्ण चौधरीले एक एक गोल गरेका थिए । 


त्यस्तै साथै आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सुस्मा गोदावरी कलेजलाई २ ० ले हराउदै जनता मा.बि इटहरी सेमिफाइनल प्रबेस गरेको छ । जनता मा.बि का बिवस लिम्बूले खेलको ७ औ र ५१ औ मिनेटमा गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराएका थिए ।


भोलीको खेलमा आयोजक जनता टिम बी र जनता मा बी बिच हुनेछ । भोलीको बिजेताले फाइनलमा  आयोजक टिम (ए) संग प्रतिस्पर्धा गर्नेछ । 


विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको खेलको फाइनल खेल  पौष १५ गते हुनेछ ।

 

खेलमा प्रथम हुनेलाई दश हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ, भने दोस्रो हुनेले सात हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

प्रदिप चौंलागाई कप्तानिको आयोजक टिम ए फाईनलमा

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक जेएमसी इलाभेनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक जेएमसि बोइजलाइ १(०ले

प्रदिप चौंलागाई कप्तानिको आयोजक टिम ए फाईनलमा

खेमराज सापकोटा दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा जनता उच्च माध्यमिक बिद्यालय इटहरीले जगन्नाथ डेडराज जनता उच्च माबी

प्रदिप चौंलागाई कप्तानिको आयोजक टिम ए फाईनलमा

खेमराज सापकोटा  इटहरी पौष, ९ दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसको आयोजनामा