रविले जिते नेपाल आइडलको ताज

चर्चित सिङ्गिङ रियालिटी सो नेपाल आइडलको दोश्रो संस्करणको उपाधी सुदुरपचिश्म प्रदेश कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेका हुन् ।


नेपाल आइडलको दोश्रो संस्करणका को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् । आइडलको फस्र्ट रनरअप अर्थात दोश्रो गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भएका छन । उनले २० लाख रुपैयाँ पुस्कार पाए । 


त्यसैगरी सेकेण्ड रनरअप अर्थात तेश्रो प्रदेश नं १, झापाका सुमित पाठक भएका छन । उनले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।


प्रतियोगिताको थर्ड रनरअप अर्थात चौथो स्थानमान प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइकी छिन । उनले स्कुटर पुरस्कार प्राप्त गरेकी छिन । 


यसैबिचमा चारै जना प्रतिस्पर्धिकोे बिदेश भ्रमण यही जनवरी १ देखी हुने छ । संस्करणको फाईनल हिजो साँझ पुलचोक इन्जिनियरीङ कलेज काठमाण्डौमा भएको थियो । 

प्रतिकृया दिनुहोस

रविले जिते नेपाल आइडलको ताज

र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । निकै लामो समयको ग्याप पछि उनले नयाँ र्यापको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । उनलाई

रविले जिते नेपाल आइडलको ताज

नयाँ पुस्तालाई नाट्य क्षेत्रमा ल्याउन महत्वपूर्ण भुमिका निभाएको कलालय इटहरीले ईश्वरलाई चिठी नामक नाट्य कार्यक्रम सुरु भएको छ । आज देखि तीन दिन

रविले जिते नेपाल आइडलको ताज

  खेमराज सापकोटा  इटहरी जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।