अस्तित्व गुम्दै गुप्तेश्वरको

खोटाङको खोटेहाङ गाँउपालिका १ लिकुवापोखरी ताङछोङ स्थित गुप्तेश्वर महादेव संरक्षण र प्रचार प्रसारको कमिले ओझेलमा परेको पाईएकोछ ।


वि.सं २०४१ सालमा धार्मिक आस्थावान स्थानियको पहलमा सुचारु भएको गुप्तेश्वरमा हरेक वर्ष बालाचर्तुदशी, शिवरात्री र रामनवमीमा पुजा आरधना गर्ने भक्तजनहरुको घुईचो लाग्ने गर्दथ्यो । उक्त पर्वहरुमा रात्री मेला लाग्ने भएकाले भजन कृतन गरी रातभर जाग्राम वस्ने चलन थियो ।


दिवंगत पित्रृहरुको आत्माले स्वर्गमा वास पाउन् भन्ने मनोकामनाले भक्तजनहरुले दिवंगत भएकाहरुको सम्झनामा सतविउ छर्ने, ब्राम्हणद्धारा रुद्री पाठ गराउनुका साथै गुप्तेश्वरको दर्शनले सन्तान नभएकाहरुको सन्तान प्राप्त हुने धार्मिक विश्वास समेत रहेको स्थानिय शिक्षक पदम न्यौपानेले वताए ।


हेर्दा आश्चार्यजनक लाग्ने धार्मिक कथाहरुसंग मेल खाने शिलारुपी महादेव पार्वती ( सुम्निमा पारुहाङ ) को वरिपरि नागको आकृति समेत देखिन्छ । गुप्तेश्वरमा स्थानिय लगायत भोजपुरको वासिङथर्पु, धोद्ले खानी, खोटाङको वाप्लुखा, सावाकटहरे, वडकादियाले, डम्र्वखु शिवालय वाट हजारौे तिर्थालुहरु आउने स्थानियको भनाई छ । 


तत्कालिन लिकुवापोखरी गाँउपञ्चायतका प्रधानपञ्च प्रेमबहादुर महाराजीको अगुवाईमा  जिल्ला पञ्चायत मार्फत प्राप्त भएको ४५०० रुपैया वजेट ले गुप्तेश्वरको वरीपरि पर्खाल लगाएर चार ढोका निर्माण गरिएको स्थानियले वताए । 


२०४६ सालको जनआन्दोलन पछि गुप्तेश्वरमा स्थानियको चासो कम हुदै गएपनि २०५१ साल सम्म स्थानिय नैन वहादुर खत्रीले नियमित सरसफाई र पूजा आरधना गर्ने गरेको शिक्षक न्यौपानेले सम्झिए  ।


गुप्तेश्वर महादेव वारे पछिल्लो पुस्तालाई जानकारी समेत छैन । त्यसैले सतविउ छर्नको लागी लिकुवापोखरीवासी भोजपुरको नागछागा, खोटाङको हलेसी सम्म पुग्न पर्ने वाध्यता रहेकोछ ।


गुप्तेश्वर प्रति स्थानिय युवाको चासो 


गुप्तेश्वर महादेवको संरक्षण गर्न सके तिर्थालुहरुलाई सहज हुने साथै आन्तरिक तथा वाह्य पर्यटनमा समेत टेवा पुग्ने स्थानिय वताउछन् ।


पछिल्लो समय स्थानिय दिपेश खड्का, शम्भु कटुवाल, एल बी न्यौपाने लगायतका युवाहरुले गुप्तेश्वर महादेवको संरक्षणको लागी आवाज उठाइरहेकाछन् । सामाजिक सन्जाल फेसवुक मार्फत दिपेश खड्काको स्टाटस पढेर देश विदेशमा रहेका लिकुवापोखरी वासीले गुप्तेश्वर महादेव वारे थाहा पाएपछी गुप्तेश्वरलाई संरक्षण गर्न आग्रह समेत गरेका छन् । गुप्तेश्वर लाई संरक्षण गर्नको लागी देश विदेशमा रहेका मनकारीहरु लाई आर्थिक सहयोग गर्न र सल्लाह सुझाव दिन समेत स्थानिय युवाहरुले अनुरोध गरिहेकाछन् । 


आफ्नो वडामा रहेको धार्मिक स्थल लाई संरक्षण गर्न आफुले पनि सहयोग गर्ने वडाध्यक्ष खड्ग वहादुर कार्कीले वताए ।


खोटाङको सदरमुकाम दिक्तेल वाट करिव ९२ कि.मी, भोजपुर वजार वाट करिव ५२ कि.मि साथै उदयपुरको वेल्टार वजार वाट करिव ७० कि.मि दुरीमा गुप्तेश्वर महादेव रहेको छ ।
 

प्रतिकृया दिनुहोस

अस्तित्व गुम्दै गुप्तेश्वरको

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी