ताजा खबर

स्थानीय समाचार

सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ । 
आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताए । पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तमै यातायात चालु गर्नेसमेत निर्माण व्यवसायी कार्कीले जानकारी दिए । 
गत जेठ महिनामा सुनकोशी नदीको पानीको बहाव बढेसँगै उक्त बेलिब्रिज खोलिएकामा अहिले नदीमा पानीको बहाव घटेसँगै पुल जडान गर्न थालिएको हो ।।
 

<