शास्त्रीय सङ्गीतका साधक नेपाल आइडलको टप ४ माः


झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित शनिवार गृह जिल्ला झापा पुगेका थिए । उनलाई झापामा भव्य स्वागत गरिएको थियो । 


झापामा पुगेर उनले आफ्ना शुभचिन्तकलाई धन्यवाद पनि दिएका थिए उनका समर्थकले आयोजना गरेको ‘नेपाली साङ्गीतिक यात्रामा उदयमान तारा प्रतिस्पर्धी गायक ÷सुमित पाठक’ नामक कार्यक्रम उनले सम्पूर्णलाई धन्यवाद दिएका हुन ।


उनले उक्त कार्यक्रममा नेपाल आइडलमा रेक्स्पेक्ट पाएका गीतहरू गाएका थिए । उनले झम्के गुलेली, कुन माया सदर भो, गुराँसैको फेदमुनि लगायतका गीत गाएका थिए । उनीसँग सेल्फि खिच्न दर्शकहरूले त छाड म छाड गरेका थिए । जस कारण स्थिति समाल्न हम्मे हम्मे भएको थियो ।


उनको झापा कनकाई नगरपालिकामा सङ्गीत साधन कला केन्द्र सञ्चालनमा रहेको छ । सुमित त्यही विद्यालयका उत्पादन हुन् । सुमितले शास्त्रीय सङ्गीतमा समेत उत्तिकै अनुभवी छन् भने आधुनिक, पप, र्याप सबै प्रकारका गीत गाउन सिपालु समेत छन् ।


उनलाई हारमोनियम, तबला, गितार, ड्रम सेट लगायत बजाउन आउँछ भने नेपाल आइडलमा सहभागी अन्य ४ जना प्रतिस्पर्धीमा यी सबै गुण नपाइएकोले समेत सुमितलाई नेपाल आइडल बनाउन सङ्गीत प्रेमी लागि परेका छन । सुमित पाठक जिताऊ अभियान झापाका संयोजक कुमारमणि पोखरेल आफ्नो पढाइभन्दा पनि क्षमता भएको मानिस नेपाल आइडल हुनसके देशकै शान बढ्ने बताए ।
 

प्रतिकृया दिनुहोस

शास्त्रीय सङ्गीतका साधक नेपाल आइडलको टप ४ माः

र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । निकै लामो समयको ग्याप पछि उनले नयाँ र्यापको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । उनलाई

शास्त्रीय सङ्गीतका साधक नेपाल आइडलको टप ४ माः

नयाँ पुस्तालाई नाट्य क्षेत्रमा ल्याउन महत्वपूर्ण भुमिका निभाएको कलालय इटहरीले ईश्वरलाई चिठी नामक नाट्य कार्यक्रम सुरु भएको छ । आज देखि तीन दिन

शास्त्रीय सङ्गीतका साधक नेपाल आइडलको टप ४ माः

चर्चित सिङ्गिङ रियालिटी सो नेपाल आइडलको दोश्रो संस्करणको उपाधी सुदुरपचिश्म प्रदेश कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम