मनोरञ्जन

नेपाली चलचित्र निर्भय चैत्र ११ देखि रिलिज हुदै

नयाँ नयाँ नेपाली चलचित्र रिलिज हुने दिन भनेकै प्रत्येक हप्ताको शुक्रबार हो ।  यो शुक्रबार बाट रिलिज हुने चलचित्र निर्भयका निर्देशक मधुसुधन भट्टराइ र निर्माता देबि प्रसाद पाण्डे भने भाग्यमानि निर्माता निर्देशकको रुपमा देखिएका छन् । चलचित्र निर्भय चैत्र ११ देखि रिलिज हुदैछ । यो चलचित्रको प्रसार प्रसार यतिबेला राजधानि देखि मोफसलका मुख्य मुख्य शहरहरुमा जोडतोडका साथ भइरहेको छ । चलचित्रको निर्माण यूनिट , नायक निखिल उप्रेति र नायीका निता ढुंगानाको टोलि बिभिन्न स्थानमा पुगेर पत्रकार भेटघाट कार्यक्रम गर्यो । चलचित्रको प्रोमोसनको समयमा कलाकारहरुको साथ पाएकोमा निर्देशक मधुसुधन भट्टराइ खुसि देखिएका छन् ।
आफूले बनाएको चलचित्र जसरी नायक निखिल उप्रेति निर्भयको लागि लागिरहँदा चलचित्रका दर्शक बढ्नेमा दुइ मत छैन । आफ्नो करिअरकै महत्वपूण भएको बताउदै आएका निर्देशक भट्टराइ नायक नायीकाको भरपुर साथले उत्साहित छन् । चलचित्रमा निता ढुंगाना , निखिल उप्रेति संगै बिकाश चापागाइको पनि महत्वपूर्ण भुमिका रहेको बुझिएको छ ।

<