बिद्यालय बिद्यालय बिच मीत

आपसी सहयोग र शैक्षिक गुणस्तर बढाउने प्रतिबद्धतासाथ खोटाङ बिराटनगरका दुई विद्यालयबीच ‘मितेरी साइनो’ गाँसिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि र विराटनगर महानगर १३ को मोडर्न एरा बोर्डिङ स्कुलबीच मितेरी साइनो गाँसिएको हो ।


प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा विद्यालयबीच मित लगाइएको हो । विद्यालयको गुणस्तर सुधार, भौतिक पूर्वाधार, शिक्षकको ज्ञान सिप आदान–प्रदान तथा विकास, विद्यार्थी तथा अभिभावकको क्षमता विकास गर्न मित लगाइएको जालपा माविका प्रअ तेजबहादुर राईले बताए । परम्पराअनुसार मित लगाएर एक आपसमा सम्वन्ध गाढा बनाएर दुबै विद्यालयको गुणस्तर सुधार गर्ने राईले सुनाए ।


जालपा माविले कठुवा र ठेकी तथा मोडर्न एरा बोर्डिङ स्कुलले खेल सामग्री साटा–साट गरेर मित लगाएको हो । मितको बचन स्थानीय शिक्षाप्रेमी प्रतिमान राई र विक्रमणि राईले बोलेका थिए । मितेरी कार्यक्रममा जालपा माविका प्रअ तेजबहादुर राई र मोडर्न एरा बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रासद घिमिरेले छबुँदे मितेरी सम्बन्ध सम्झौतामा हस्ताक्षर समेत गरेका छन ।
 

प्रतिकृया दिनुहोस

बिद्यालय बिद्यालय बिच मीत

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

बिद्यालय बिद्यालय बिच मीत

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

बिद्यालय बिद्यालय बिच मीत

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र