ताजा खबर

Slider

भोजपुरबाट करोडौं रुपैंयाँ बरावरको अदुवा निकासी

व्यावसायिक अदुवा किसानले भोजपुरबाट दुई हजार मेट्रिक टन अदुवा निकासी भएको छ । भोजपुरको विभिन्न गाउँपालिकामा उत्पादित अदुवा निकासी हरेक बर्ष सात करोड ५० लाख रुपैंयाँ भन्दा वढी आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

कम मुल्यमा बेच्दापनि फाइदा हुने भएकोले भोजपुरका किसानहरु आयआर्जनका निम्ति अदुवा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लामा तीन सय हेक्टर क्षेत्रफलमा अदुवा खेती  गरिएको जिल्ला कृषि विकास कार्यलयका सूचना अधिकारी युगमणी भट्टराईले वताउनुभयो ।

धरानदेखि धनकुटाको हिले–लेगुवा–भोजपुर र भोजपुर–घोडेटार–हसनपुर, घोडेटार–मुगा–पाख्रिबास सडक विस्तार भएपछि सडक आसपासका वासिन्दा अदुवा खेती गर्न बढी उत्साहित छन् । सडक यातायातको सुविधाले अदुवा निकासीमा सहज भएकोले किसान, व्यापारी र निर्यातकर्ताहरु अदुवा व्यावसायप्रति आकर्षित रहेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठले बताउनुभयो । अदुवा खेती वाट किसानले बर्षेनी लाखौं रुपैंयाँ आम्दानी गरेर जीवीकोपार्जन लाई सहज वनाएका छन् । 

अदुवा बेचेर छोराछोरीको पढाई खर्च, लत्ताकपडा, भाँडावर्तन, माछामासू, खाद्यान्न लगायत बर्षभरी घरखर्च धान्ने, थोरै परिश्रम र सानै लगानीमा व्यावसायिक अदुवा खेती गर्न सकिने भएकाले किसानहरु उत्साहित भएको सात वर्षदेखि अदुवा रोप्दै आएका अरुण गाउपालिका–५ याकुका अदुवा किसान वविन्द्र रसाइलीले बताउनुभयो । ‘अदुवालाई जङ्गली जनावरले समेत खादैन, मुल्य कम भएपनि यसवाट फाइदा नै छ,’ अदुवा किसान रसाइलीले नमस्ते एफएमसित भन्नुभयो –‘रोग लागेर कुहिने बाहेक अरु बेफाइदा छैन ।’ उनका अनुसार अदुवा खेती गर्दा ढुसी लाग्ने, गानो कुहिने र बोट मर्ने रोगले सताउने गरेको छ । तर अदुवामा लाग्ने रोगको उपचार सम्भव भएकोले किसानलाई उपचार विधि सिकाउन तयार रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।। 

<