प्रदेश १ को हिउँदे अधिवेशन पुस दोस्रो साता बोलाइने

प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारले अधिवेशन आह्वान गर्नका लागि परामर्शसमेत थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुसको दोस्रो हप्ताको शुरुमा हिउँदे अधिवेशन बोलाउने तयारीका साथ परामर्श थालेको बताए । 

धेरै कानुन बनाउन पर्ने भएकाले पनि अधिवेशन डाँक्न बिलम्ब गर्न नहुने राईले बताए । प्रदेशसभा १ को वर्षे अधिवेशन गत असोज २३ गते अन्त्य भएको थियो । प्रदेश १ को नाम र राजधानी हिउँदे अधिवेशनबाट टुंगो लगाउने प्रदेश सरकारको तयारी छ । हिउँदे अधिवेशनको पहिलो वा दोस्रो बैठकमा नै प्रदेशको नाम र राजधानीको बिषयलाई प्रदेशसभामा प्रवेश गराउने प्रदेश सरकारले तयारी गरेको हो । 

वर्षे अधिवेशन अन्त्य गर्नुअघि मुख्यमन्त्री शेरधन राईले सत्तापक्ष र प्रतिपक्षी दलसँग राजधानीको प्रस्ताव हिउँदे अधिवेशनमा टुंगो लगाउने गरी अधिवेशन अन्त्य गर्ने सहमति समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

प्रदेश १ को हिउँदे अधिवेशन पुस दोस्रो साता बोलाइने

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

  प्रदेशका नं १ का १४ जिल्लामा २४ घण्टामा  ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।  हिजो  विहान ०६स्०० बजे देखि आज विहान ०६स्०० बजे सम्म १ नं