ट्राफीक गतिविधि 

प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७७४ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन । यो तथ्याङक हिजो बिहान देखी आज बिहान सम्मको हो । 


जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने  ३९ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १७  जना,  विना हेल्मेट मोटरसाईकल चलाउने १८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९० जना कारबाहीमा परेका छन । त्यस्तै सवारी चालक अनुमति पत्र नभएका ४९ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ३६ जना, जथाभावी पार्किङ्ग गर्ने २६ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६७ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १८ जना, सुरक्षा पेटी नबाधेको ११ जना कारबाहीमा परेका हुन ।


त्यस्तै कागज पत्र साथमा नराखेको १६५ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको १४ जना, हर्न निषेधमा हर्न बजाएको ६ जना, तिब्रगतिमा सवारी चाधन संचालन गरेको २ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २६ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३९ जना, लापरवाही साथ सवारी साधन चलाएको १४६ जना र विना रुट परमिट सवारी साधन चलाएको ५ जना गरी जम्मा  ७७४ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका हुन । 


सचेतनामुलक कार्यक्रमहरु संचालन 


इटहरी २० स्थित लोकमार्गमा संचालन भएका सवारी साधनहरुलाई नेपाल रेडक्रस सोसाईटिका प्रतिनिधिहरु तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख सहितको टोलीले ट्राफिक सचेतनामुलक १०० थान स्टिकर टाँस्नुका साथै पर्चा पम्प्लेट समेत बितरण गरेको छ । 


हिजैसडक सुरक्षा सप्ताह २०७५ अन्तर्गत तेश्रो दिन आंम जनमानसमा ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने र सवारी दुर्घटना न्युनीकरण गर्ने उदेश्यले जिट्राप्रका झापा, ट्राप्रपो काकडभिट्टा र नेपाल रेडक्रस झापाको संयुक्त आयोजनामा मेचि नगरपालिका ६ काकडभिट्टा बसपार्क स्थित ट्राफिक स्लोगन लेखिएका फोटो प्रदर्शनी साथै निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।


यसै गरी सडक सुरक्षा सप्ताह अन्तर्गत तेश्रो दिन झापा मेनपा ६ स्थित रहेको काकडभिट्टा माविका विधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको थियो । यसै गरी सडक सुरक्षा सप्ताह २०७५ अन्तर्गत जि झापा मेनपा १३ चारआली चौक स्थित नेपाल रेडक्रस चारआली झापा र ट्राफिक प्रहरी पोष्ट चारआलीको संयुक्त टोलीले पनि आम सडक प्रयोगकर्ता तथा सर्वसाधारणलाई ट्राफिक सचेतनामुलक पर्चा वितरण गरेको छ । 


यसै गरी उदयपुर त्रियुगा नगरपालीका  ६ इलका प्रहरी कार्यालय जलजले परिसर भित्र ७ जना मापसे गरी सवारी साधन चलाउने चालकहरुलाई भेला जम्मा गराई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी नायबनिरीक्षक दिनेश कुमार चौधरीले मापसे गरी सवारी चलाउदा हुन सक्ने सवारी दुर्घट्नाका बारेमा र ओभरटेक गर्ने तरिकाका बारेमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको थियो । 


यसै गरी झापाको दमक नपा ५ स्थित चिया बगानमा ट्राफिक प्रहरी कर्यालय दमक र रेडक्रस सोसाइटीको सयुक्त आयोजनामा सवारी साधनका चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरी सडक सुरक्षा नेपाल स्टिकर टासगरी पर्चा पम्पेट वितरण गरेका थियो । 


ट्राफिक प्रहरीको सुचना


आगामी २०७५ साल पौष १ गते देखि १ नं प्रदेश अन्तर्गत रहेका मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवागमनलाई केन्द्रित गरी विहान ०९स्०० बजे देखि ११स्०० बजे सम्म र बेलुका ३ः०० बजे देखि ५ः०० बजे सम्म पिक आवर समयमा ट्रिपर संचालनमा पूर्ण रुपमा रोक लगाउने सम्बन्धित जिल्ला सुरक्षा समितिबाट निर्णय समेत भई सकेको हुँदा उक्त समयमा ट्रिपर संचालन नगर्नरनगराउनु हुन सम्बन्धित सरोवारवाला सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
 

प्रतिकृया दिनुहोस

ट्राफीक गतिविधि 

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित

ट्राफीक गतिविधि 

नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई भब्य स्बागत गरीएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता

ट्राफीक गतिविधि 

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी