जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ ।


अधिवेसनवाट अमृत तामाङको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । समितीको उपाध्यक्षतामा वल वहादुर काम्वाङ, राजु गुरुङ, मधुमाया मगर, टिकाराम सुनुवार , महासचिव– मन्जित राई , सचिव– दिल कुमार पाख्रिन, कोषाध्यक्ष–राजन श्रेष्ठ, प्रवक्ता–राज कुमार राई, सदस्यहरु यम गुरुङ, कृष्ण वहादुर तामाङ, सुरेश गुरुङ, प्रकाश राई, माया राई, पासाङ शेर्पा, उमा तमुस्यो, डोल्मा तामाङ, शोभा गुरुङ, जय प्रकाश सुनुवार, रोशन राई, मेनुका सुनुवार, उमेश राई, युवराज राई, डेन्डी शेर्पा, सुक गुरुङ, सीता गुरुङ, निर्मला राई, सीता गुरुङ, सुरज मास्के, राजु गोले, आङ फुर्ली शेर्पा, रमिता योन्जन, र यम गुरुङ, रहनुभएको छ । 


धन वहादुर काम्वाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली दुतावासका द्धितिय सचिव ज्ञान वहादुर मगरको प्रमुख आतिथ्यता रहेको किरात राई यायोक्खा अध्यक्ष तथा नयाँ कार्यसमितीका महासचिव मन्जित राईले वताउनुभयो ।


कार्यक्रममा किरात राई यायोक्खा कुवेतले साकेला, किरात याक्थुम चुम्लुङले केलाङ र च्याव्रुङ, मगर संघले कौडा लगायत ८ वटा जातिय संघ संस्थाको झाँकी तथा साँस्कृति झल्किने प्रस्तुतीहरु समेत भएको महासचिव राईले वताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथी लगायत तमु समाजका निवर्तमान अध्यक्ष खोप गुरुङ, सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवार, एन आर एन ए का अध्यक्ष सुमित्रा पौडेल, मगर संघका उपाध्यक्ष मनु मगर, कुवेत नेपाल डट कम का प्रधान सम्पादक जय आले मगर, संघिय समाजवादी कुवेतका प्रवक्ता राज कुमार राई, खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष प्रेम कटुवालले शुभकामना मन्तव्य दिनुभएको थियो । 


नैना कला राई र दिल कुमार राईले सन्चालन गर्नुभएको कार्यक्रममा मन्जित चाम्लिङ राईले स्वागत मन्तव्य राख्नुभएको आयोजकले जनाएको छ ।
आदिवासी जनजाती महासंघ कुवेतले आदिवासी अभियान्ताहरुद्धारा प्रशिक्षण दिने लगायत प्रवासी नेपाली हरु लाई कुनै समस्या पर्दा नेपाली दुतावास साथै विभिन्न संघ संस्था सग समन्वय गरी समाधानको पहल समेत गर्दै आएकोछ ।
 

प्रतिकृया दिनुहोस

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई भब्य स्बागत गरीएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी