जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ ।


अधिवेसनवाट अमृत तामाङको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । समितीको उपाध्यक्षतामा वल वहादुर काम्वाङ, राजु गुरुङ, मधुमाया मगर, टिकाराम सुनुवार , महासचिव– मन्जित राई , सचिव– दिल कुमार पाख्रिन, कोषाध्यक्ष – मोहन राई , सहकोषाध्यक्ष – राजन श्रेष्ठ ,   प्रवक्ता–राज कुमार राई, सदस्यहरु यम गुरुङ, कृष्ण वहादुर तामाङ, सुरेश गुरुङ, प्रकाश राई, माया राई, पासाङ शेर्पा, उमा तमुस्यो, डोल्मा तामाङ, शोभा गुरुङ, जय प्रकाश सुनुवार, रोशन राई, मेनुका सुनुवार, उमेश राई, युवराज राई, डेन्डी शेर्पा, सुक गुरुङ, सीता गुरुङ, निर्मला राई, सीता गुरुङ, सुरज मास्के, राजु गोले, आङ फुर्ली शेर्पा, रमिता योन्जन, र यम गुरुङ, रहनुभएको छ । 


धन वहादुर काम्वाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली दुतावासका द्धितिय सचिव ज्ञान वहादुर मगरको प्रमुख आतिथ्यता रहेको किरात राई यायोक्खा अध्यक्ष तथा नयाँ कार्यसमितीका महासचिव मन्जित राईले वताउनुभयो ।


कार्यक्रममा किरात राई यायोक्खा कुवेतले साकेला, किरात याक्थुम चुम्लुङले केलाङ र च्याव्रुङ, मगर संघले कौडा लगायत ८ वटा जातिय संघ संस्थाको झाँकी तथा साँस्कृति झल्किने प्रस्तुतीहरु समेत भएको महासचिव राईले वताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथी लगायत तमु समाजका निवर्तमान अध्यक्ष खोप गुरुङ, सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवार, एन आर एन ए का अध्यक्ष सुमित्रा पौडेल, मगर संघका उपाध्यक्ष मनु मगर, कुवेत नेपाल डट कम का प्रधान सम्पादक जय आले मगर, संघिय समाजवादी कुवेतका प्रवक्ता राज कुमार राई, खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष प्रेम कटुवालले शुभकामना मन्तव्य दिनुभएको थियो । 


नैना कला राई र दिल कुमार पाख्रिनले सन्चालन गर्नुभएको कार्यक्रममा मन्जित चाम्लिङ राईले स्वागत मन्तव्य राख्नुभएको आयोजकले जनाएको छ ।
आदिवासी जनजाती महासंघ कुवेतले आदिवासी अभियान्ताहरुद्धारा प्रशिक्षण दिने लगायत प्रवासी नेपाली हरु लाई कुनै समस्या पर्दा नेपाली दुतावास साथै विभिन्न संघ संस्था सग समन्वय गरी समाधानको पहल समेत गर्दै आएकोछ ।

प्रतिकृया दिनुहोस

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका