विद्युत सेवा नियमित नहुदा खोटाङमा समस्या  

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको वडा नं १ मा विद्युत सेवा नियमित नहुदा समस्या भएको छ । नावालिदिङ खोला लघु जलविद्युत आयोजना ३ महिनादेखि नियमित रुपमा चल्न नसक्दा आफुहरु मर्कामा परेको सेवाग्राहीले गुनासा गरेका छन । विद्युत नियमति नहुदा सोलारको भर पर्नु परेको र सोलारबाट चार्ज गरिएका मोवाइल लगायतका इलेक्टोनिक सामान विग्रने गरेको राखावाङ्देलका स्थानिय धु्रव राजभण्डारीले बताएका छन । नियमित मर्मत कार्य नहुदा कहिले काँहि आएको विद्युतले मेसिनरि सामन विगार्ने गरेको स्थानियको गुनासो रहेको छ ।
२०६९ सालमा निर्माण सम्पन्न भएको आयोजनामा स्थानियको सहभागितामा बनेको हो । ३ महिना देखि विद्युत बन्द हुदा पढ्ने विद्यार्थिहरु र ग्रीहणीलाई समस्या भएको स्थानियको गुनासो रहेको छ ।
विद्युत उपभोक्ता समितिका अध्यक्ष श्री कुमार राईले परानो अपरेटरको निधन भएको र नयाँ अपरेटर आएकाले कहि समस्या भए पनि चाडै समाधान गरिने आश्वासन दिएका छन ।
यस सम्बन्धमा वडा अध्यक्ष झन कुमार राईले काठेपोल भएकाले विद्युत नियमित हुन नसकेको जानकारी दिनुभयो । वर्षाको समय भएकाले फलामे पोल विस्तार गर्न नसकिएको र वर्षात पछि यो समस्या समाधान हुने उहाँको भनाइ रहेको छ ।
स्थानिय उपभोक्ता पनि आफै जागरुप भएर आफ्नो ठाउँमा लडेका पोललाई उठाउने काममा लाग्नुपर्ने उहाको भनाइ रहेको छ । ७० किलो वाट क्षमताको आयोजनाबाट स्थानिय ४ सय १५ घरधुरीले विद्युत बाल्दै आएका छन ।

प्रतिकृया दिनुहोस

विद्युत सेवा नियमित नहुदा खोटाङमा समस्या  

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके

विद्युत सेवा नियमित नहुदा खोटाङमा समस्या  

सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा नम्बर(७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६

विद्युत सेवा नियमित नहुदा खोटाङमा समस्या  

प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले विकासे अड्डाको कमिसनमोह भङ्ग हुने बताएका छन् । इटहरीमा रहेको प्रदेश नम्बर १ को यातायात निर्देशनालय