ताजा खबर

Slider

शिलबन्दी गरियो मतपेटिका

मंसिर ११, सोमबार (पाचथर) पाचथरको एक सय ६५ मतदान केन्द्रवाट ल्याइएका ४ सय ९५ थान मतपेटिका आज शिलबन्दी गरिएको छ । निर्बाचनमा भाग लिएका सबै दलका प्रतिनिधिको रोहवरमा सदरमुकाम फिदिमस्थित कभर्डहल र कर्मचारी मिलन केन्द्रको भवनमा शिलबन्दी गरिएको हो ।
लामो दुरीका मतदान केन्द्रबाट समेत बिहान ल्याइपु¥याइएका मतपेतिका खेलकुद कभर्ड हल र  कर्मचारी मिलन केन्द्रको भवनमा शीलबन्दी गरी राखिएको छ । समानुपातिक, प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्बाचनको मतपेटिका छुट्टाछुट्टै राख्ने व्यवस्था गरेको मूख्य निर्बाचन अधिकृत मनोजकुमार केसीले बताए ।

मतगणना दोश्रो चरणको निर्बाचन मंसिर २१ गते साँझ ५ बजे जिल्ला समन्वय समिति र प्रहरी कार्यालयसँगै रहेको कभर्डल हलमा गर्ने निर्णय भएको मूख्य निर्बाचन अधिकृत केसीले बताए । जिल्लाको एक नगरपालिका, ७ वटा गाउँपालिकाको ६० वटा वडामा एक लाख २५ हजार दुई सय १९ मतदातामध्ये ७७ हजार ८ सय ३ जना (६२.१३ प्रतिशत) मतदाताले मतदान गरेको निर्बाचन कार्यालयले जनाएको छ । प्रदेश सभा क्षेत्र नं १ मा ६६ हजार २ सय ३३ जनामध्ये ४१ हजार २ सय ८० (६२.३२ प्रतिशत) र क्षेत्र नं २ मा ५८ हजार ९ सय ९६ जनामध्ये ३६ हजार ५ सय २३ (६१.९० प्रतिशत) मतदातामध्ये मतदान गरेका जिल्ला निर्बाचन अधिकारी ध्रूव राईले बताए ।।
 

<