जनता क्याम्पसले पायो क्युएए प्रमाणपत्र

इटहरीको जनता बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र जनता क्याम्पसले पाएको हो । यस्तो प्रमाणपत्र पाउने यो क्याम्पस प्रदेश १ मा चौथो र देशमै २६ औं क्याम्पस हो । देशभरमा एक हजार चार सय ८ क्याम्पस छन् ।


विभिन्न चरणको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, शैक्षिक प्रतिफलका सूचक पार गर्ने क्याम्पसले यो प्रमाणपत्र पाउने गर्छ । क्युएए प्रमाणपत्र गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ । प्राध्यापक संघ जनता बहुमुखी क्याम्पसका अध्यक्ष अर्जुन उप्रेतीका अनुसार सर्टि्फिकेटसँगै क्याम्पसले क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि पाँच करोड रुपैया पाउनेछ । 


यस्तै पास हुने प्रतिविद्यार्थी ८० हजार रुपैयाका दरले अनुदान प्राप्त गर्नेछ । यो सर्टि्फिकेटको अवधि पाँच वर्षको हुनेछ ।  


पूर्वमा अहिलेसम्ममा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस, दमकको दमक बहुमुखी क्याम्पस, सुन्दरहरैंचाको सुकुना क्याम्पसले यस्तो प्रमाणपत्र पाइसकेका छन् ।
 

प्रतिकृया दिनुहोस

जनता क्याम्पसले पायो क्युएए प्रमाणपत्र

अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि ‘जोर्नी टु अष्ट्रेलिया’ नामको मोबाईल एप्स सार्बजनिक गरिएको छ । यसबाट नेपाली विद्यार्थीलाई

जनता क्याम्पसले पायो क्युएए प्रमाणपत्र

वैज्ञानिक तथा प्राविधिकहरुले १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारेका छन् । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार