स्थानीय समाचार

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ६ जनाको ज्यान गुम्यो


संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको ज्यान गएको छ ।
गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनर्निर्माण कार्यालयका प्राविधिक दुई जना र चालक को ज्यान गएको स्थानियवासीले बताएका छन ।
मकालु गाउपालीका वाड्नं. ३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदीको बगरमा खसेको स्थानियवासीले बताएका छन ।
संखुवासभा जिल्लाको भोटखोला गाविस स्थित गोलामा भोली माघ १ गते भुकम्प सम्वन्धि एक दिने अनुशिक्षण कार्यक्रमकालागी उक्त टोली जादै गर्दा दुर्घटनामा परेको बताईएको छ । भुकम्पका प्राविधिक र चालकको नाम खुल्न सकेको छैन ।  प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।।
 

<