हैरानि बादरबाट

वादरको उपद्रो वढेपछि भोजपुर दलगाउँका स्थानिय गाउँ नै छाड्न वाध्य भएका छन् । राम प्रसाद राई गाउँपालिका –४ अन्र्तगत पर्ने यस ठाउँका स्थानिय वाँदरको आतंक बढेपछि वसाईनै सर्न वाध्य भएका हुन् । वाँदरले वस्तीमा पसेर दुखः दिन थालेपछि गाँउका तल्लो भेगका करिव ८ देखि १० घर स्थानियले गाउँ नै छाडेका स्थानिय टेक वहादुर तामाङ्गले वताए ।


विगतका वर्षहरुमा कमै मात्रामा वाँदर लाग्ने गरेको भएपनि पछिल्लो समय तल्लो भेगका मानिसहरु अन्यत्र गएपछि गाउँभरिनै वाँदरको आतंक वढेको तामाङ्गको गुनासो छ । यतिवेला वाँदर मकैको थाग्रा धानको कुनिउ, वगैंचाका फलफुलमा आउन थालेपछि स्थानिय समस्यामा परेका हुन् । स्थानियले स– साना ठहरा वनाएर अन्नवालीको हेरचाह गर्ने गरेका छन् । 


बाँदर आतंका कारण धेरै स्थानिय बसाई सरिसकेको यसरीनै स्थानिय बसाई सर्ने होभाने गाउँनै खाली हुने सम्भावना रहेकोले यस नियन्त्रणको लागि योजना वनाएर काम गर्ने वडा नम्वर ४ का अध्यक्ष फौदशिंह कार्कीले वताए । वाँदरको कारण जिल्लाका वस्तीम तथा वोखिमको तल्लो भेगका मानिसहरुले पनि यस्तै सास्ती भोग्दै आएको वताएका छन् । वाँदरकै कारण वसाई सर्दा दिनानुदिन खेति योग्य जमिन वाँजिदै गएको छ ।
 

प्रतिकृया दिनुहोस

हैरानि बादरबाट

जलवायुसम्बन्धी ग्लोबल रिस्क इन्डेक्स २०१९को एउटा तथ्यांकले नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरुको सूचीमा रहेको पाइएको छ

हैरानि बादरबाट

पूर्वाञ्चलमा धान खेति हुँदै आएको मध्ये २८ हजार हेक्टर जमिन यस वर्ष बाँझै रहेको छ । पूर्वमा चार लाख ६६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो

हैरानि बादरबाट

पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर