स्थानीय समाचार

जाडो छल्न बालेको आगोबाट सप्तरीमा एक दर्जन घर जले, चार जना घाइते

शितलहरले जनजीवन अत्यन्तै कष्टकर रहेको सप्तरीमा पछिल्लो समयमा शरीर न्यानो पार्न बालिएको आगोमा जलेर लाखौंको धनमाल क्षति भएको छ । चार दिन यता जिल्लाका तीन ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेर खरानी भएका छन् । आगो ताप्दा जलेर चार जना घाइते समेत भएका छन् ।
पछिल्लो पटक रुपनी गाउँपालिका १ मा भएको आगलागीबाट तीन दाजुभाइको ६ वटा घर जलेको छ । शुक्रबार राति भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको छ । उनीहरुको दुईरदुई वटा घर जलेको हो ।
गोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक आगलागी भएको हो । आगलागीले राजोको  घरमा राखेको नगद ७५ हजार रुपैयाँ समेत जलेको छ । आगलागीले ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडितको भनाइ छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीयहरुले निभाएका थिए ।
शुक्रबार राति नै बेल्ही चपेना गाउँपालिका ३ नर्घाेमा समेत आगलागी भएको छ । आगलागीबाट एक घर र एक गोठ जलेको छ । बेल्ही चपेना ३ नर्घाे निवासी ठकाई साहको घरमा आगलागी भएको हो । गोठमा बालिएको घुरबाट सल्केको आगोले गोठसहित उनका एक घर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
 

<