मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

संखुवासभको मादी नगरपालिकामा कांग्रेस कार्यकर्ताहरू तालाबन्दी गरेका छन । नगरपालिकाको ओखरबोटे हुँदै मंगलबारे जाने सडकको उपभोक्ता समिति अवैधानिक भएको भन्दै मंगलबार नगरपालिकामा तालाबन्दी गरेका हुन् । 
उता आफूहरूले बनाएको समिति वैधानिक र सर्वपक्षीय भएकाले भन्दै ताला लगाउनु न्याय संगत नभएको नगर प्रमुख बिदुर लिङ्गथेपले बताए । उनले प्रमुखको उपस्थितिमा राजनीतिक दल, नागरिक समाजसहित बनाएको समिति नै वैधानिक भएको दाबी गरे । उपभोक्ताहरूको हितमा नभएको समिति खारेज नभएसम्म ताला नखोलिने कांग्रेस कार्यकर्ता रामकुमार जिमीले बताए । 
तर नागरिकहरूको सेवा पाउने अधिकार बञ्चित हुन नदिन प्रशासन लगाएर भए पनि आफूहरू कार्यालय खोलेर सेवा प्रवाह गर्ने नगर प्रमुख लिङ्गथेपले बताए । वार्ताबाट समस्याको समाधान हल हुने भएकाले ताला बन्द गर्नु उचित नभएको उनको तर्क छ ।
 

प्रतिकृया दिनुहोस

मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा