आगोलागीमा मृत्यु भएका चारैजनाको शव एउटै खाटमा

झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति भएको आगोलागीमा मृत्यु भएका चारैजनाको शवको अवशेष एउटै खाटमा फेलापरेको छ ।
सोमबार दिउसो शवको अवशेष संकलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल र्पुयाएको छ ।
आइतबार राति लक्ष्मण खनालको घरमा आगोलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा भनिने (सुप्रिया) खनाल र चारमहिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो ।
सोमबार दिउसो चारैजनाको जलेको शवको अवशेष संकलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
खाना खाएर सुतिसकेपछि घरमा एक्कासि आगोलागी भएको र आगोलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताए ।
स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो ।
उनकाअनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगोलागी भएको थियो ।
प्रहरीले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसके पछि मात्र थाहा पाएको हुँदा आगोलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताए ।
 

प्रतिकृया दिनुहोस

आगोलागीमा मृत्यु भएका चारैजनाको शव एउटै खाटमा

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

आगोलागीमा मृत्यु भएका चारैजनाको शव एउटै खाटमा

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

आगोलागीमा मृत्यु भएका चारैजनाको शव एउटै खाटमा

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र