राष्ट्रिय/अन्तराष्ट्रिय
अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए
.jpeg)
अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्ना्लिस्ट सेफ्टी कमिटी र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् । गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ ।
पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुकै बढी हात रहेको पनि समाचारमा जनाइएको छ । सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ ।
एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि पाइएको समाचारमा जनाइएको छ