मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

संखुवासभको मादी नगरपालिकामा कांग्रेस कार्यकर्ताहरू तालाबन्दी गरेका छन । नगरपालिकाको ओखरबोटे हुँदै मंगलबारे जाने सडकको उपभोक्ता समिति अवैधानिक भएको भन्दै मंगलबार नगरपालिकामा तालाबन्दी गरेका हुन् । 
उता आफूहरूले बनाएको समिति वैधानिक र सर्वपक्षीय भएकाले भन्दै ताला लगाउनु न्याय संगत नभएको नगर प्रमुख बिदुर लिङ्गथेपले बताए । उनले प्रमुखको उपस्थितिमा राजनीतिक दल, नागरिक समाजसहित बनाएको समिति नै वैधानिक भएको दाबी गरे । उपभोक्ताहरूको हितमा नभएको समिति खारेज नभएसम्म ताला नखोलिने कांग्रेस कार्यकर्ता रामकुमार जिमीले बताए । 
तर नागरिकहरूको सेवा पाउने अधिकार बञ्चित हुन नदिन प्रशासन लगाएर भए पनि आफूहरू कार्यालय खोलेर सेवा प्रवाह गर्ने नगर प्रमुख लिङ्गथेपले बताए । वार्ताबाट समस्याको समाधान हल हुने भएकाले ताला बन्द गर्नु उचित नभएको उनको तर्क छ ।
 

प्रतिकृया दिनुहोस

मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको

मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका

मादी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

 नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं