आर्थिक

चमेलियाको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो

चमेलिया जलविद्युत् आयोजनाले शुक्रबारदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ  ३० मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिनु भयो ।
आयोजना निर्माण सम्पन्न गर्ने निर्धा्रित् लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।
आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनीले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन 
 

<