राष्ट्रिय/अन्तराष्ट्रिय

आगामी तीन वर्ष्भित्र बाग्मती नदीको मुहार परिवर्तन हुने

आगामी तीन वर्ष्भित्र बाग्मती नदीको मुहार परिवर्तन हुने दाबी बाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको छ । समितिको योजना कार्यान्वयनमा आएमा बाग्मती नयाँ स्वरुपमा आउने दाबी गरिएको हो । यद्यपि, अर्बौं रुपैयाँ रकम सकिँदा पनि बाग्मती नदी क्षेत्रमा भनेजस्तो परिवर्तन भने देख्न पाइएको छैन ।
कुनैबेला फोहोरका थुप्रामात्र देखिने बाग्मती किनारमा यतिबेला धमाधम बगैंचा निर्माणका काम भइरहेका छन् । नदी र सडकबीचको बाँकी १० मिटर भागमा सरकारले बाग्मती नदीलाई आकर्षक बनाउन पार्क निर्माण गर्नुका साथै दुवैछेउमा रुखका विरुवा रोप्ने काम गरिरहेको छ् ।
गोकर्णदेखि जोरपाटीसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुह्वेश्वरीसम्म ४० मिटर, गुह्वेश्वरीदेखि सिनामंगलसम्म ३० मिटर नदीको बहाव क्षेत्र कायम राख्दै दायाँ–बायाँ दुवैतिर बगैंचा बनाउन थालिएको हो । यसैगरी, नदीमा मलमूत्रको मिसावट रोकेर शतप्रतिशत सफा राख्न दुवै किनारामा ढल बग्ने ठूला पाइप बिच्छाउने काम भइरहेको छ । अबको तीन वर्ष्भित्र नदीको मुहार पूर्णरुपले परिवर्तन भएको देख्न सकिने समितिको दाबी छ 
 

<