स्थानीय समाचार

शरीरमा आगो सल्किँदा एक महिला घाइते

आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी घाइते भएकी छन् ।  बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईको कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भैरहेको छ  । 
पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई आगो सल्किएको थियो ।  आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएको बताइएको छ ।
 

<