स्थानीय समाचार

धनकुटामा विमानस्थल निर्माणका लागि विस्तृत सर्वेक्षण सुरु

धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न विस्तृत सर्वेक्षणको काम सुरु भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशक पछि सर्वेक्षणको काम सुरु भए संगै स्थानीय उत्साहित भएका छन् ।
२०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चलेको धनकुटाको बेलहारामा ५२ बर्ष पछि विस्तृत सर्वेक्षणको काम सुरु भएको छ । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण सुरु गरेका हुन् ।
टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणको अध्ययन गरेको छ । पहिलो चरणमा टोपोग्राफि सर्बे गरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि १२ सय मिटर लम्बाई र दुईसय मिटर चौडाईको सर्वेक्षण गरी मन्त्रालयमा पेस गर्ने ईन्जिनियर गुरु दत्त अधिकारीले जानकारी दिनु भयो ।
 

<