राष्ट्रिय/अन्तराष्ट्रिय

भारतीय प्रधानन्यायाधीश विरुद्ध न्यायाधीश आन्दोलित


भारतको सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध आन्दोलित भएका छन् । 
सर्वोच्च अदालतका चार जना न्यायाधीशले आफूहरुलाई महत्वपूर्ण मुद्दा हेर्ने जिम्मेवारी नदिएको भन्दै प्रधानन्यायाधीशको विरोध गरेका हुन् । न्यायाधीशहरु चेलमेश्वर, रन्जन गोगाई, मदन लोकुर र कुरियन जोसेफले २ महिना अघि नै जुनियर न्यायाधीशलाई महत्वपूर्ण मुद्दाको जिम्मेवारी दिएको तर आफूहरुलाई नदिएको भन्दै प्रधानन्यायाधीशलाई पत्र लेखेका थिए । 
शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले सर्वोच्च अदालत जस्तो संस्था विवादित भए कुनै पनि देशमा लोकतन्त्र नबाच्ने भएका कारण आफूहरुले प्रधानन्यायाधीशको विरुद्ध बोल्न परेको बताएका छन् ।।
 

<