ताजा खबर

स्थानीय समाचार

सिरहामा प्रहरीमाथि गोली चलाउने ३ युवक पक्राउ पक्राउ परेकाहरुबाट १ सय ५० ग्राम ब्राउन सुुगर र चाइनिज पेस्तोल बरामद

मंसिर ११, सोमबार (सिरहा) सिरहाको निरदनामा आइतबार दिउसो प्रहरीमाथि गोली चलाउने ३ जनाको समूह पक्राउ परेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर–१, वेमर्खीका ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् ।

उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका थिए । उनीहरुले चेकजाँच भइरहेको वेला एक्कासि प्रहरीमाथि गोली प्रहार गरेका थिए ।
आज धनुषाको शहीदनगर–२, स्थित चिरैया चोकमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
उनीहरुको साथबाट १ सय ५० ग्राम ब्राउन सुुगर र १ थान चाइनिज पेस्तोल समेत बरामद भएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
 

<