राष्ट्रिय/अन्तराष्ट्रिय

ट्रम्पले माफी माग्नुपर्ने अफ्रिकन युनियनको माग


अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नुपर्ने माग गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई दरिद्र, निच वा अपवित्र देश रहेको बताएको खबर सार्वजनिक भएपछि अफ्रिकन युनियनले माफी माग्नुपर्ने गरेको हो ।
अफ्रिकन युनियनले ट्रम्पको भनाईले अफ्रिकन समुदाय, अफ्रिका क्षेत्रको विविधता र मानवताको अपमान र अवमूल्यन गरेको बताएको छ ।
ट्रम्प प्रशासनले अफ्रिका महादेश र त्यहाँका नागरिकलाई बुझ्न नसकेको अफ्रिकन युनियनको भनाई छ । अमेरिकी राष्ट्रपतिको विरोधमा अफ्रिकाका विभिन्न देशमा प्रदर्शनसमेत भएका थिए । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको छ ।।
 

<