स्थानीय समाचार

डा. गोविन्द केसीले आज अनसन तोड्दै


सरकार र अनसनरत प्रा.डा गोविन्द केसीबीच शुक्रबार राति ११ बजे सहमति भएको छ । सरकारका स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । केसीको अनसन भने आज तोडिने छ ।
केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रगाललाई नै निरन्तरता दिने उल्लेख छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।।
 

<