स्थानीय समाचार

१०८ जना बाढी पीडित बालबालिकाहरुलाई  शैक्षिक सामग्री वितरण


भ्mापाको गैर सरकारी संस्था कारीतास को सहयोगमा अभियान नेपालले शुक्रवार इटहरी उपमहानगरपालिका–९ का बाढी पीडित १०८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्रीसँगै विद्यालय झोला वितरण गरिएको छ ।
बुढीगङ्गा नदीमा गत साउन २७ गते राती आएको बाढीले घरबार बगाउँदा शैक्षिक सामग्री समेत बगाउदा विद्यालय पढ्न जाने समस्यामा परेका बालबालिकाहरुलाई सहयोग पु¥याउन कारितासले बालबालिकाहरुलाई  शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
गरिव तथा सिमान्तकृत समुदायका मुसहर ,अन्य सिमान्तकृत र अरु समुदायका बालबालिकालाई अभियान नेपालले कारितासको सहयोगमा कम्तिमा जनही १ हजार रुपियाँको दरले शैक्षिक सामग्री उपलब्ध गराएको कारितास झापाका कार्यक्रम संयोजक देवेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
शैक्षिक सामग्री वितरण गनुहुँदै इटहरी ९ का वडा अध्यक्ष भुपेन्द्र बरालले हामी बाढी पीडित समुदायको अभावलाई पुरा गर्न हरसम्भव सक्रियतापूर्वक लागि रहेको उल्लेख गर्नुहुँदै यसका लागि नगरपालिकाले विभिन्न गैर सरकारी संस्थाहरुलाई गुहार्ने कार्यमा सम्लग्न रहँदै आएको बताउनुभयो । शैक्षिक सामाग्री पाउदा खुशी व्यक्त गरेका छन् ।।

<