लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको थियो । 


यसै अबसर पारेर इटहरी ५ पचरुखीमा कविता वाचन सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको स्थानमा भेला भई इटहरी र इनरुवाका कविहरुले कविता वाचन गरेका हुन् । कार्यक्रममा इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, प्रा डा बद्रीविशाल पोख्रेल, कृष्णविनोद लम्साल, भैरव सापकोटा, रामप्रसाद खरेल, जगदीश सापकोटा लगायतले लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक व्यक्तित्व र समसामयिक साहित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।


कार्यक्रम प्रगतिशील लेखक सङ्घ सुनसरी, इटहरी साहित्यिक समूह, अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान र जनजागरण पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

  फिनिक्स बुक्सले प्रकाशन गरेको साहित्यकार सुष्मा रुपाबुङ राई द्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को विमोचन  सम्पन्न भएको छ ।

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

जापानमा भएको नेपाली कविता प्रतियोगितामा खोटाङका कवि रविन्द्र दिखुक्पाद्धारा लिखित “एक बिटो सपना” शिर्षकको कविता प्रथम भएकोछ ।  हिजो (२०१८

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो रमाउन एउटा सानो गाउँ भए हुन्थ्यो । तिमी वारी मा पारी दुई किनार भाको बेला जोड्ने आधार माझीसँगै नाऊ भए हुन्थ्यो