स्थानीय समाचार

धनकुटाका २१ जना शहीद घोषित 


पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले आज शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ ।
धनकुटाकै वासिन्दा रहेका तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा मालेका कार्यकर्ता रहेको आरोपमा उनीहरुलाई पञ्चायती सरकारले गोली हानी सामुहिक हत्या गरेको थियो ।
नेकपा एमालेका नेताहरुले छिन्ताङकाण्ड तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा भएको बताउँदै आएको थियो । तर, अहिलेसम्म एमाले नेताहरु सरकारमा पटक(पटक जाँदा पनि उनीहरुलाई सहीद घोषणा गरिएको थिएन ।
अन्ततःसूर्यबहादुर थापाका छोरा उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा आज मन्त्रिपरिषदले उनीहरुलाई सहीद घोषणा गरेको छ ।।,,,,,,,,,,,,,,,,,,,,,,,
 

<