अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा अहिलेसम्म पूर्वी केही राज्यका तल्लो सदन प्रतिनिधिसभाका सदस्यको नतिजा सार्वजनिक भएको हो ।


अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका एक सयमध्ये ३५ स्थानका लागि चुनाव भएको हो । अहिले अधिकांश स्थानको मतगणना भइरहेको छ ।निर्वाचनमा मतदान प्रतिशत उच्च भएको अनुमान गरिएको छ ।


यसैबिच चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ ओटा इन्स्टाग्राम खातासमेत रहेका छन् ।


अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुकमार्फत् नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो ।
 

प्रतिकृया दिनुहोस

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

इटहरीको मुख्य चोकमा आगलागी भएको छ । आज करीब १ बजेतीर आगलगी भएको हो । इटहरी संगीत चोक मा रहेको शिदार्थ बैक भएको भबनमा आगोलागी भयको हो यो समाचार तयार