अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा अहिलेसम्म पूर्वी केही राज्यका तल्लो सदन प्रतिनिधिसभाका सदस्यको नतिजा सार्वजनिक भएको हो ।


अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका एक सयमध्ये ३५ स्थानका लागि चुनाव भएको हो । अहिले अधिकांश स्थानको मतगणना भइरहेको छ ।निर्वाचनमा मतदान प्रतिशत उच्च भएको अनुमान गरिएको छ ।


यसैबिच चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ ओटा इन्स्टाग्राम खातासमेत रहेका छन् ।


अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुकमार्फत् नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो ।
 

प्रतिकृया दिनुहोस

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।  स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले