स्थानीय समाचार

भन्सार सेवा विस्तार गर्न पहल गर्ने

मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुने भएको छ । उक्त क्षेत्रसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाले छोटी भन्सारको सेवा विस्तार गर्न पहल गर्न लागेका हुुन् ।
छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्र्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाका रंगेली, सुनवर्सी तथा रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि पहल गरेका छन् ।
रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले आयात निर्यातका लागि मालबाहक सवारी साधनलाई आवतजावतका लागि रंगेली सीमा नाका जोड्ने सडक विस्तार गरिने बताउनु भयो । भन्सारको सेवालाई प्रभावकारी बनाउन उक्त नगरपालिका तथा गाउँपालिकाले सीमा जोडिएका मुुख्य सडकलाई विस्तारका साथै कालोपत्र गर्नेसमेत योजना बनाएको धनपाल गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताउनु भएको छ । 
 

<