ताजा खबर

Slider

जंगली जनावरको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान

मंसिर ११, सोमबार (सुनसरी)

सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिकाका स्थानीय बासिन्दालाई सधै आरक्षको समस्याका कारण क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ । 

घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जंगली जनावरका कारण उनीहरुको धनमालको क्षतिका साथै मानवीय क्षतिको समेत सामना गर्नुपर्ने बाध्यता छ । आरक्षबाट दैनिक निस्कने अर्ना, हात्ती, बँदेललगायतका जंगली जनावरको आतंकले सो क्षेत्रका स्थानीय परेसान भएका छन् । यसपटक सो क्षेत्रका स्थानीय तथा मतदाताले आरक्षको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रमुख एजेण्डा बनाएका हुन् । 

सुनसरीको बराह नगरपालिकाको मधुवन क्षेत्रका मतदाताले कोशी टप्पुको हात्ती, अर्ना र बँदेलको आतंक बढेकाले त्यसको समाधान गर्ने तथा आरक्ष पीडितलाई राहत दिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बराह– ११ को मधुवनका अजिम हुसेनले आरक्षको समस्या समाधान गर्नेलाई मतदान गर्ने विचार व्यक्त गरे । दिनरात अर्ना र हात्तीको आतंक रहेकाले त्यसलाई पूर्ण समाधान गर्ने उम्मेदवारलाई मतदाताले मतदान गर्ने अन्सारीले बताए ।
 

<