स्थानीय समाचार

सामुदायिक वनका अध्यक्षकै मिलबाट अबैध काठ बरामद

उदयपुरको सदरमुकाम गाईघाटस्थित सामुदायिक वन समूहका अध्यक्षले सञ्चालन गरेको  मिलबाट ठूलो परिणाममा अबैध काठ बरामद भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता सामुमायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र राउतको स–मिलबाट अवैध काठ बरामद भएको हो ।
 राउतले सञ्चलान गरेको शिवम् स–मिलबाट श्रोत नखुलेको करिव दुई सय क्यिू फिट सिसौ जातको काठ फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त काठको सम्बन्धमा जिल्ला वन कार्यालयले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत विष्णु प्रसाद भण्डारीले बताउनु भयो ।
अबैध काठ रहेको सूचना प्राप्त हुना साथ हामीले सहायक वन अधिकृत शत्रुधन ठाकुरलाई अनुसन्धान अधिकृत तोकेर छानविन सुरु गरेका छौ’ भण्डारीले भन्नु भयो । 
शिवम् स–मिलको हाताभित्र ठूलो परिणाममा काठ रहेको भन्ने सूचनाको आधारमा स–मिलमा छापा मार्दा काठ बरामद गरेको सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शत्रुधन ठाकुरले बताउनु भएको छ ।
 

<