ताजा खबर

राष्ट्रिय/अन्तराष्ट्रिय

छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा,

सरकारले तत्कालीन पञ्चायत व्यवस्थाको समयमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठक उक्त निर्णय गरेको हो ।
२०३६ साल कात्तिक २७ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा १६ जना मारिएका थिए ।
सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका बेला उक्त हत्याकाण्ड मच्चाइएको थियो । यसैगरी सरकारले लाइफ स्टक कार्यक्रमका लागि विश्व बैंकबाट आठ अर्ब सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ ।
 

<