स्थानीय समाचार

तीन महिलाको हत्या गर्ने दोषी पहिचान भएन

तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, 
२०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।
घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताउनुभयो ।
 “लामो समयसम्म दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बन्दै गएको छ,” उहाँले भन्नुभयो, “तीन महिलाको शृङ्खलाबद्ध हत्या हुनु जस्तो जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ ।” हत्याको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो
 

<