यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।


कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना दिने गर्दछ । कुकुर इमान्दार र वफादार जनावर हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ ।


परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई भब्य स्बागत गरीएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी