स्थानीय समाचार

मोबाईल पसलमा आगलागी हुँदा ९ लाखको क्षति

सुनसरीको बरहा नगरपालिका ६ चक्रघटी स्थित रहेको एक मोबाइल पसलमा आगलागी हुँदा ९ लाख बराबर क्षति भएको छ । गएराती १२ बजेतिर विद्युत सर्ट भइ स्थानीय सुमन राउतको एस.के.मोबाईल इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ९ लाखको क्षति भएको हो ।
विद्युत सर्ट भइ आगलागी हुँदा पसलमा रहेको दुई वटा क्मप्यूपटर,एउटा ल्यापटप,२० वटा नयाँ मोबाईल,५ सय बढी मोबाइलको ब्याट्री लगायत जलेर नस्ट भएको पसल संचालक सुमन राउतले जानकारी दिनु भयो ।
सोही आगलागीमा स्थानीय नारायण दाहालको कस्मेटिक पसल समेत जलेर नस्ट भएको छ । आगलागी स्थानीयवासी,प्रहरी, इनरुवा नगरपालिका तथा इटहरी उपमहानगरपालिका बाट आएको दमकलले नियन्त्रणमा लिएको थियो ।
 

<