राष्ट्रिय/अन्तराष्ट्रिय

सरकारले आज पनि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सकेन

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बस्ने बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो ।
आजको बैठकबाट त्यसको निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताउनु भयो । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ । प्रदेशको अस्याथी राजधानी भने सरकारले तोक्नेछ । स्थायी राजधानी भने सम्वन्धित प्रदेश सभाले नै तय गर्नेछ ।
 

<