ट्रम्पको ट्वीटले भारतमा दीपावली फिक्का हुने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ ।
ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले चिन्ता बढाएको हो । ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् । यसअघि भारतीय अधिकारीहरुले ईरानसँग तेल खरिदमा भारतलाई अमेरिकाबाट छुट प्राप्त हुने संकेत पाएको जनाएका थिए ।
भारतीय अधिकारीहरुको अपेक्षाविपरीत ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘प्रतिबन्ध लागू हुँदैछ, ५ नोभेम्बर ।’ उनको यो ट्वीटले अमेरिका आफ्नो नीतिमा अडिग रहेको संकेत गरेको छ ।
अमेरिकाको चेतावनीका बाबजुद भारतले ईरानसँग तेल खरिद गर्ने निर्णय गरेमा भारतको यसपटकको दीपावली फिक्का हुने देखिन्छ । अमेरिकाले ईरानसँग तेल खरिद गरेमा भारतमाथि तत्कालै कडा प्रतिबन्ध लगाउने सक्ने कुटनीतिक मामलाका विज्ञहरु बताउँछन् । भारतमा दीपावली पर्व उल्लासपूर्वक मनाउने गरिन्छ । दीपावलीकै समयमा अमेरिकाले प्रतिबन्ध घोषणा गर्नुपर्ने अवस्था आएमा त्यसले भारतको चिन्ता बढाएर दीपावली नै फिक्का हुन सक्ने जानकारहरु बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

ट्रम्पको ट्वीटले भारतमा दीपावली फिक्का हुने संकेत

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा

ट्रम्पको ट्वीटले भारतमा दीपावली फिक्का हुने संकेत

रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका

ट्रम्पको ट्वीटले भारतमा दीपावली फिक्का हुने संकेत

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।  स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले