प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले विकासे अड्डाको कमिसनमोह भङ्ग हुने बताएका छन् ।


इटहरीमा रहेको प्रदेश नम्बर १ को यातायात निर्देशनालय कार्यालयको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् । राईले कुल बजेटको ४० प्रतिशत रकम सडकको पूर्वाधार निर्माणमा खर्च भइरहेको भन्दै यसको अधिकतम उपलब्धि प्राप्तितर्फ जाने जानकारी दिए ।


सङ्घीय सरकार अन्तर्गतका यातायात व्यवस्था मन्त्रालयका सचिव सागर राईले यो कार्यलयअन्तर्गत सडक हेर्ने ५ कार्यालय विभिन्न जिल्लामा रहेको जानकारी दिए । उनले लाइसेन्स, सडक अनुुशासन, सडक निर्माण तथा पूर्वाधार विषयबारे नियमन गर्ने जानकारी दिए ।


प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानेले अबको समय पप्पुु प्रवृत्तिबाट मुुक्त हुनुको विकल्प नभएको भन्दै यो कार्यालयले नवीन सोच राखेर सडकको पूर्वाधार निर्माण गर्ने जानकारी दिए ।


कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, प्रदेश सांसद सर्वध्वज साँवालगायतले बोलेका थिए ।


इटहरी–४ को हलगडामा प्रदेश १ का १४ जिल्लाको सडक, पुल र सम्पूर्ण यातायातसँग सम्बन्धित रहने कार्यालय हेर्ने गरी प्रदेशस्तरीय कार्यालय खोलिएको छ । हाल भाडामा रहेको सो कार्यालयलाई केही समयपछि आफ्नै भवनमा सारिने बताइएको छ । यस कार्यलयअन्तर्गत ६ अर्ब बजेट विकास निर्माणमा खर्च गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

सुनसरीको खनारमा आज बिहान आगलागी भएको छ । खनार स्थित लक्ष्मी फर्म एण्ड जुट म्याट प्रालीमा बिहान साडे ७ बजेको समयमा आगो लागेको हो । आगलागी अहिले केही

प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

सुनसरीको कोसी गाउँपालिकामा प्रहरी र हतियार धारी समूहबिच भएको दोहोरो भिडन्तमा १ हतियारधारीको ज्यान गएको छ । कोसी गाउँपालिकाको मसरी टोलमा नियमित

प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी