प्रदेश एकले सिंगो नेपाललाई पाल्न सक्ने क्षमता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश एकले सिंगो नेपाललाई पाल्न सक्ने बताएका छन् । बुधबार इटहरी स्थित समावेशी डिपार्टमेन्ट स्टोर तथा कृषि बजारको समुद्घाटन समारोहमा बेल्दै मुख्य मन्त्री राईले प्रदेश १ को माटो कृषिका लागी उर्वर रहेको भन्दै यहाँको माटो प्रयोग गरेर विभिन्न प्रकारका कृषि जन्य उत्पादन गरेमा सिंगो नेपाललाई धान्न सक्ने बताएका हुन् ।


उनले १ नम्बर प्रदेशले छिमेकी देशलाई समेत धान्न सक्ने भएकाले अव एक नम्बर प्रदेशले कृषि क्षेत्रमा अनुदान दिने बताए । उनले साना किसानहरुलाई सहकारीमा आवद्ध गर्दै  ठुला किसानहरुलाई कम्पनिमा आवद्ध गर्ने र यहाँ उत्पादित बस्तुहरुलाई सुरक्षित गर्नका निम्ती कोल्ड स्टोर व्यवस्था गर्न, त्यसै अनुसारको अनुदान, बजार व्यवस्थापन गर्नमा प्रदेश सरकारले जोड दिने बताए ।


हिमाली जिल्लामा जडिबुटी केन्द्र पहाडी जिल्लामा तरकारीबालीको केन्द्र र तराईका जिल्लामा खाद्यान्न बालीको केन्द्रको रुपमा विकाश गर्ने निति प्रदेश सरकारले तयार पारेको समेत मन्त्री राईले बताए । प्रदेश सरकारले समावेशी डिपार्टमेन्ट स्टोर तथा कृषि बजारलाई साथ दिने बताए ।
उनले कृषकले उत्पादन गरेको कृषि बस्तुहरुलाई उपभोक्ता सम्म सस्तो मुल्यमा र सहज वातावरणमा उपलब्ध गराउने उद्येश्यले एक नम्बर प्रदेशको इटहरीमा समावेशी डिपार्टमेन्ट स्टोर तथा कृषि बजार सञ्चलनमा ल्याएको भन्दै शुभकामना समेत दिएका थिए ।


कार्यक्रममा बोल्दै कृषि बजारका सञ्चालक सुरेस भट्टराईले प्रदेश एकमा ७० वटा कृषि बजार सञ्चालनमा ल्याउने जानकारी दए । उनले कृषकहरुको घरघरमा पुगेर उनिहरुले उत्पादन गरेका बस्तुहरुलाई एकै ठाउँबाट सस्तो मुल्यमा उपलब्ध गराउने उद्येश्यले समावेशी डिपार्टमेन्ट स्टोर तथा कृषि बजार सञ्चालनमा ल्याएको बताए ।

प्रतिकृया दिनुहोस

प्रदेश एकले सिंगो नेपाललाई पाल्न सक्ने क्षमता

सुनसरीको खनारमा आज बिहान आगलागी भएको छ । खनार स्थित लक्ष्मी फर्म एण्ड जुट म्याट प्रालीमा बिहान साडे ७ बजेको समयमा आगो लागेको हो । आगलागी अहिले केही

प्रदेश एकले सिंगो नेपाललाई पाल्न सक्ने क्षमता

सुनसरीको कोसी गाउँपालिकामा प्रहरी र हतियार धारी समूहबिच भएको दोहोरो भिडन्तमा १ हतियारधारीको ज्यान गएको छ । कोसी गाउँपालिकाको मसरी टोलमा नियमित

प्रदेश एकले सिंगो नेपाललाई पाल्न सक्ने क्षमता

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित