सुर्य मन्दीरको शिलान्यस

बिगत केहि बर्ष अगाडि सम्म मधेसी मुलका मानिसले मनाउदै अएको छैट पर्ब  पछील्लो समय राष्ट्रिय पर्बको रुपमा बिकास हुदै गएको छ । तराईका महिलाले मनाउदै गएको पर्व पहाडि समुदायले समेत बिश्वास गरेर मनाउन थालेपश्चात यो पर्ब राष्ट्रिय पर्ब बन्दै गएको हो ।


इटहरीमा धुमधामका साथ मनाइने छैट पर्बमा बिगतका बर्षमा अस्थाई मन्दीर बनाएर पुजा गर्ने गरीएको थियो । अस्थाई मन्दीर निमार्णको झन्झट हटाउन र इटहरीको धार्मीक पर्यटन पर्बधन गर्ने उदेश्यले अव भने सुर्य मन्दीर बनाईने भएको छ । १ बर्ष भित्रमा निमार्ण सम्पन्न गर्नेगरी मन्दीरको आज एक कार्यक्रमका बिच शिलान्यस गरीएको छ । आगामी कात्र्तीक २७ गते मनाईने छैट पर्बमा पुजा गर्न मुर्ति राखीने गरी निमार्णमा जुटेको समितीका ९७ बर्षीय जेष्ठ सदस्य सियाराम चौधरीका हात बाट शिलान्यास गरीएको हो ।


२ लाख बराबरको मुर्ती निमार्ण भईरहेको मन्दीर निमार्ण गर्न अनुमानित २५ लाख लागत लाग्ने निमार्ण समिती सचिव बासुदेव कर्णले बताउनु भयो । ‘सर्बसाधारणमा आश्था बढ्दै गएको छ ।’ कर्णले भन्नुभयो ‘धर्मीक गतिबिधी बढाउन समेत मन्दीर निमार्ण गर्न लागेका हो ।’
शुख सान्ती र सबृद्धीको प्रतिक मानिने छैटमा आश्था राख्ने भत्तजनबाट नै चन्दा संकलन गरेर मन्दीर निमार्ण गरीने अध्यक्ष कर्णको भनाई छ ।

 

महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।


यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।


 

प्रतिकृया दिनुहोस

सुर्य मन्दीरको शिलान्यस

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

सुर्य मन्दीरको शिलान्यस

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

सुर्य मन्दीरको शिलान्यस

  प्रदेशका नं १ का १४ जिल्लामा २४ घण्टामा  ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।  हिजो  विहान ०६स्०० बजे देखि आज विहान ०६स्०० बजे सम्म १ नं